पोखराको सडक छेउका नाली असुरक्षितः पानी भेलले ढाकिएकाे नालीमा खसेर बालकको मृत्यु

पोखराको सडक छेउका नाली असुरक्षितः पानी भेलले ढाकिएकाे नालीमा खसेर बालकको मृत्यु

Nali-maa-bike-3

पोखरामा शुक्रबार भिषण वर्षाको कारण नालीले बगाएर एक बालकको ज्यान गएको छ । वडा नम्बर १६ सुन्दरफिड नजिकैको नालामा परी पोखरा १९ काउरेका ११ वर्षीय बालक रविन तिवारीको मृत्यु भएको हो ।

राति ८ बजे रविन सडकबाट चिप्लिएर नालामा खसेका थिए । रविन आफ्नी आमा र दिदीसँग दर खाएर फर्कने क्रममा उक्त घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार बाटोमा हिँडिरहँदा रबिन निर्माणाधीन सडकको नालीमा सिधै खसेर बेपत्ता भएका थिए । स्ल्याबले नछोपिएको उक्त नाली पानीको भेलले सडककै तहमा भरिएको थियो । बाटो नदेखिएकाले अकस्मात् नालीमा खसेर बालकलाई बगाएको स्थानियबासीले बताएका छन् । घार्मीदेखि आएको भलले नाली पुरै पुरिएको थियो ।

तिवारी फर्निचरका संचालक राम्जी तिवारीको छोरा रबिनलाई २ घण्टा खोजीकार्य गरेपछि तल भेटिएका थिए । उनलाई लगत्तै मनिपाल अस्पताल लगिएकोमा पहिल्यै निधन भइसकेको बताएको वडा अध्यक्ष अमृत तिमिल्सिना शर्माले जानकारी दिएका छन् ।

पोखरा १६ दीप देखि लामाचौर, बाटुलेचौर सडक खण्डका नाली अत्यन्त असुरक्षित छ । यसअघि पनि २ जनाको ज्यान गएको समाचार सार्वजनिक भइसकेको छ ।

२०७४ असोज १ गते पोखरा १६ लामाचौर, गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापाको खत्री डहरको भेलमा परेर नालीमा डुबेर ज्यान गएको थियो । यस्तै, सोहि वर्ष कार्तिक ४ गते पोखरा १९ का पिजन पुन र श्रवण पुन ग१३प ३११० नम्बरको बाईकमा चढेर लामाचारको डब्लूआरसी पुग्ने बेला नालीमा खस्न पुग्दा पिजन गायब भएका थिए भने श्रवण उछिट्टएिर बाँच्न सफल भएका थिए । बाइक उपल्लो दीपमा फेला परेको थियो ।

नाली बन्यो काल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ