शेयर म्याग्दी । म्याग्दी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा हिजो बेलुका खोलाले बगाउँदा उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राई बेपत्ता भएका हुन्। नुहाउनका लागि किनारमा पुगेका राई लडेर खोलामा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।