पोखरा। पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोड स्थित सिटी स्क्वायर प्रा.लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरे ।
सो अवसरमा प्रमुख आचार्यले पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरिएको जनाउँदै यसको सङ्ख्या १०० पुर्याईने बताए । “हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ, यसको सङ्ख्या १०० पुर्याइने छ, उनले भने, एक वर्षभित्रमा महानगरका मुख्यमुख्यचोक र सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।” यस कार्यक्रमले बजार आउने सर्वसाधारणका लागि अप्ठ्यारो परिस्थितिमा निकै राहत प्रदान गर्ने उहाँले विश्वास व्यक्त गरे ।
“सहर भित्र सार्वजनिक शौचालय नभएको ठाउँमा, यदि खल्तीमा पैसा छैन भने, कुनै रेस्टुरेन्टमा पसेर खान सक्ने अवस्था छैन भने, र कहीँ पनि शौच गर्न नसक्ने अवस्था छ भन्ने हामीलाई महसुस भयो, उनले भने, कार्यपालिकाको बैठकले यो वर्ष भित्रमा महानगरका सबै वडाहरूमा र बजारका मुख्य मुख्य चोकहरूमा सार्वजनिक शौचालय बनाउने भनेर निर्णय गरेका छौँ ।” यसको डिजाइन समेत तयार गरेर निर्माणको प्रक्रिया थालनी गर्ने अवस्थामा महानगरपालिका रहेको प्रमुख आचार्यले जनाए । उनका अनुसार एक वर्ष भित्रमा कम्तीमा पनि ३३ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिनेछ । विगतमा महानगरपालिकाले निर्माण गरेका शौचालयहरूको समेत मर्मत सम्भार गरी तिनीहरूलाई प्रयोगमा ल्याइने उनले बताए ।
सो क्रममा सिटी स्क्वायरका सल्लाहकार उमेश पराजुलीले महानगरको सार्वजनिक आह्वानमा आफूहरू पनि सहभागी भई जनसेवा गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे । व्यवसायीक हिसाबले पनि सामाजिक उत्तरदायित्व बहनमा यस कार्यले आफूहरूको जवाफदेहितासंगै सहभागिता समेत निश्चित गरेको उनले बताए । नगरपालिकामा विगतमा भएका बेतिथिहरूलाई सच्याउँदै नयाँ नेतृत्व अगाडी बढ्ने छ भन्ने विश्वास समेत उनले व्यक्त गरे।
सर्वसाधारणलाई शौचालय उपयोग गर्न दिनेगरि महानगरले गरेको सार्वजनिक आह्वानमा सहभागी ३२ इच्छुक व्यक्ति तथा संस्थाहरूले आफ्नो शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने प्रतिबद्धता महानगरसँग जनाएका छन् । महानगर भित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणहरूको उपयोगका लागि खुला गरिएका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?