पोखराको अमरसिंह चोकबाट १६८ एम्पुल लागु औषधसहित दुई जना पक्राउ

पोखराको अमरसिंह चोकबाट १६८ एम्पुल लागु औषधसहित दुई जना पक्राउ

IMG_0010

पोखराको अमरसिंहचोक बाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरातर्फ आउँदै गरेको बसलाई चेकजाँच गर्ने क्रममा लागु औषधसहित म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -१ निवासी ३१ वर्षीय नगेन्द्र थापा र बेनी नगरपालिका -७ निवासी २१ वर्षीय सुरेश घर्तीलाई पक्राउ गरेको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक सुवास तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार प्रहरीले उनीहरुको साथबाट डाईजेपाम ५६ एम्पुल, फेनेरागन ५६ एम्पुल र नुर्फिन ५६ एम्पुल गरी जम्मा १६८ एम्पुल लागु औषध वरामद गरेको छ।

उनीहरुमाथि लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तिमिल्सिनाले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ