पोखरा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीमा एमालेले उम्मेदवार सिफारिस गरेकाे छ । प्रदेश सभातर्फ शनिबार उम्मेदवार सिफारिस गरेको एमालेले प्रतिनिधि सभातर्फ आइतबार सिफारिस गरेको हो । प्रतिनिधि सभातर्फ ३ सिट रहेको कास्कीमा एमालेबाट २८ जना सिफारिस भएका छन् ।
नेकपा एमालेको आइतबार भएको छुट्टाछट्टै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका बैठकले उम्मेदवारहरु जिल्ला कमिटीमा सिफारिस गरेको एमाले कास्कीमा सचिव बैनबहादुर अधिकारीले जानकारी दिए ।
कास्की १ मा पूर्वगृहमन्त्री खगराज अधिकारीसहित १५ जना सिफारिस भएका छन् । अधिकारी कास्की १ ‘क’बाट प्रदेश सभामा पनि सिफारिस भएका छन् । संघीय सांसद अधिकारी २०७४ को निर्वाचनमा कास्की १ बाट निर्वाचित भएका हुन् ।
अधिकारीसँगै दिलीप न्यौपाने, बैनबहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योति ढुंगाना, मनबहादुर गुरुङ, बालासिंह काउछा मगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुवेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारीलाई एमाले क्षेत्रीय कमिटीले सिफारिस गरेको हो । मनबहादुर गुरुङ पनि खगराज जस्तै दोहोरो सिफारिस भएका छन् । कास्की १ खबाट प्रदेशसभाका लागि पनि उनी सिफारिस भएका छन् ।
एमालेबाट कास्की २ मा प्रतिनिधि सभा निर्वाचनका लागि सांसद विद्या भट्टराईसहित ४ जनाको नाम सिफारिस भएको छ । नेकपा एमाले कास्की २ क्षेत्रीय समन्वय कमिटीले भट्टराईसहित भूपेन्द्र गिरी, केशव आचार्य र प्रभा कोइरालाको नाम सिफारिस गरेको हो । उक्त क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । उनको निधनपछि भएको उपनिर्वाचनमा अधिकारीकी जीवनसाथी विद्या भट्टराई विजयी भएकी थिइन् ।
कास्की ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि सांसद जगत विश्वकर्मासहित ९ जनाको नाम सिफारिस भएको छ । विश्वकर्मासहित देवीप्रसाद सुवेदी, गणेशमान गुरुङ, पुण्यप्रसाद पौडेल, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम सिफारिस भएको एमाले जिल्ला कमिटी कास्कीले जनाएको छ । विश्वकर्मा २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै सांसद बनेका थिए । समानुपातिकतर्फ आकांक्षीको नाम संकलन भइरहेको जिल्ला कमिटी सचिव अधिकारीले जानकारी दिए ।
सम्बन्धित समाचारः
एमालेद्वारा कास्कीका प्रदेशसभाका छ वटै सिटमा उम्मेदवार सिफारिस, युवा नेतादेखि अधिकारीसम्म [नामावली]
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो