पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित भाडामा लगाइएकाे आफ्नै संरचना हटाएकाे छ । भवन पूरानाे भएकाले जीर्ण रहेकाे र लामो समयदेखि व्यवसायीले भाडा बापतको रकम पनि नतिरेपछि भवनमा डाेजर चलाएकाे हाे ।
पाेखराका मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी लगायतकाे टाेली डाेजरसहित विहीबार बिहानै महेन्द्रपुल पुगेका थिए । पटक पटक सूचना जारी गर्दै व्यवसायीलाई उक्त स्थान खाली गर्न महानगरले आग्रह गरेकाे थियाे ।
महेन्द्रपुल चोकका ती भवनमा सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी संचालन हुँदै आएका छन् भने ३२ सटरमा व्यापार व्यवसाय हुँदै आएको थियाे । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ । लायन्स क्लब अफ पाेखरा लेकसिटीले २ वटा सटर भाडामा लगाई सार्वजनिक शाैचालय समेत अर्कैलाई चलाउन दिएर रकम असुल्दै आएकाे थियाे । भवन हटाएपछि उक्त स्थलमा सार्वजनिक पार्क र सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको वडाध्यक्ष मर्सानीले सुनाए ।
२०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी भत्काइएपछि अब आर्ट ग्यालरी र पुस्तकालयलाई अन्यत्र व्यवस्थापन गर्ने मेयर आचार्यले बताएका छन् । त्यहाँबाट हट्ने पुस्तकालय र ग्यालरीका लागि भने पृथ्वीचोकस्थित ट्राफिक भवन भएको स्थलमा बन्ने भवनमा ठाउँ व्यवस्था गरिने मेयर आचार्यले जानकारी दिए ।
सम्बन्धित समाचारः
महेन्द्रपुलकाे सार्वजनिक जग्गामा बनेका भवनहरू भदाै २२ गते भत्काइने !
महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय हटाईदैं
सम्बन्धित खबर
बजार अनुगमनप्रति पोउवा संघको प्रतिक्रिया- ‘सामान्य त्रुटिमा व्यवसायीको चरित्रहत्या नहोस्’
मणिपालमा डाक्टर कुटपिट प्रकरणः डीएसपी जोशीको सरुवा, बैदाम कमाण्ड अब राजेन्द्र श्रेष्ठलाई
मणिपालमा अपशब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बनमा परे
टर्की पठाइदिन्छु भन्दै १ करोड १६ लाख ठगी गरेको अभियोगमा पोखराकी सुरूची पक्राउ
गण्डकी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)
मीना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि