पोखरा । पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुल स्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि ३५ दिने सूचना दिएर महानगरपालिकाले ३६ औँ दिनमा डोजर चलाएको हो ।
अधिकांश व्यवसायीहरूले सटर छोडिसकेका थिए भने आर्ट ग्यालरी र पुस्तकालयको व्यवस्थापन महानगरपालिका आफैले गर्ने प्रमुख धनराज आचार्यले बताए । “पोखरा आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वी चोकमा बन्ने पोखरा भवनमा व्यवस्थापन गरिनेछ, प्रमुख आचार्यले भने, ‘त्यसको भुईँ तलामा सुचना केन्द्र हुन्छ, बिचको तलामा पुस्तकालय हुन्छ, त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ । यस हिसाबले त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।” अरू सबै संरचनाहरू त्यहाँबाट हट्ने प्रमुख आचार्यले जानकारी दिए ।
उक्त स्थानमा पार्किङ र सुन्दर बगैँचा सहितको खुला स्थान निमार्ण गरिने उनले बताए । “हरेक वडामा एउटा एउटा खुला ठाउँ निर्माण गर्नुपर्छ भनेर हामीले अभियान सुरु गरेका छौँ, त्यही अनुसार नै आफ्नै स्वामित्वमा रहेको भवनबाट सुरु गरिएको छ, प्रमुख आचार्यले भने, हामीले नदिको किनारमा संरचना बनाउन नदिने भनेर भनिरहेका छौँ, तर हामी आफैले बनाएका संरचनाहरू एकदमै खतरामा छ, यो जीर्ण पनि छ, सानो भूकम्प आउने बित्तिकै पनि ठुलो दुर्घटना हुनेवाला छ, त्यस कारण दुर्घटना पनि नहोस् र खुला ठाँउपनि होस् भनेर अहिले हामीले काम सुरु गरेका हौँ ।” वर्षौँदेखि महानगरपालिकाको सटर मा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई १ वर्षको भाडा समेत छुट दिएर बाँकी बुझाउन पटक पटक ताकेता गरे पनि अटेर गरिएको उनले बताए । सटर हटाए पनि उठ्न बाँकी रकम नियमानुसार असुल उपर गरिने प्रमुख आचार्यले बताए ।
ति सटरहरुबाट रु.१ करोड ८७ लाख बढि भाडा असुल उपर गर्न बाँकी छ । महानगरपालिकाले ताकेता गरेपछि केही व्यवसायीहरुले रु.९ लाख ९२ हजार मात्र राजश्व बुझाएका छन् ।
पोखरा महानगरपालिका भित्र गैर कानुनी रूपमा बनेका सबै संरचनाहरू हटाउने अभियानको सुरुवात वडा नं. ९ बाट गरिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । “गैर कानुनी रूपमा बनेका संरचनाहरू हटाउन महानगर आफैले आफ्नो स्वामित्वमा रहेको भवनबाट सुरु गरेको छ, अव यो अभियान पोखरा भरि लागु हुन्छ र हटाइन्छ, मर्सानीले भने, जो अवैध रूपमा निर्माण गरिएको छ, त्यो रहन्न, भत्कन्छ ।” महेन्द्रपुल चोकमा रहे क्षेत्रीय हुलाकको कम्पाउन्ड समेत भत्काइने उनले बताए ।
२०५६ सालमा स्थापना भएको पोखराको एक मात्र आर्ट ग्यालरी पुरानो र जीर्ण अवस्थामा थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो