रेडक्रस पोखरा-१५ उपशाखाको वक्तृत्वकला प्रतियोगितामा प्रथम र द्वितीय स्थान गोल्डेन फ्युचरलाई

रेडक्रस पोखरा-१५ उपशाखाको वक्तृत्वकला प्रतियोगितामा प्रथम र द्वितीय स्थान गोल्डेन फ्युचरलाई

all

पोखरा। नेपाल रेडक्रस सोसाइटी, पोखरा -१५ उपशाखाको अन्तर मा.वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस दिवस एवं विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर पोखरा -१५ उपशाखाले ‘विपदमा रेडक्रसको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो।

कार्यक्रमलाई उद्घाटन गर्दै पोखरा -१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पोखरा-१५ उपशाखाले वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्न लागेकोमा खुसी लागेको बताउँदै नेपालका धेरै विपदहरुमा सहयोगी भूमिका निभाउँदै आइरहेको नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको पोखरा -१५ उपशाखाले पनि राम्रो कार्यकुशलताको प्रदर्शन र हरेक क्षेत्रमा आइपरेका विपदमा आफ्नो उपस्थिति जनाएर एउटा छुट्टै पहिचान बनाउन सकेकोमा बधाई तथा शुभकामना दिए।

उनले वडा नं -१५ ले पनि विपदहरु आइपर्लान्, समस्याहरू आइपर्लान् भनेर विपद्लाई न्यूनीकरण गर्नका लागि विभिन्न तालिम र कार्यक्रमहरू ल्याउन लागेको बताउँदै अप्ठेरो अवस्थामा आर्थिक स्रोत जुटाउन समस्या हुनसक्ने भन्दै वडा नं -१५ ले वडा स्तरीय ‘विपद् व्यवस्थापन’ कार्यक्रम अन्तर्गत १६ लाख रुपैयाँ बजेट छुट्टाएको बताए।

कार्यक्रमका विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति तथा वक्तृत्वकला प्रतियोगिताका निर्णायक दण्डराज शर्माले वडा नं -१५ को माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरूको प्रतिभा मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए। उनले रेडक्रस भन्नु नै विपद्को साथी रहेको भन्दै कास्कीका ४८ उपशाखा मध्ये पोखरा -१५ उपशाखा उत्कृष्ट र क्रियाशील शाखा रहेको बताए।

स्वागत मन्तव्य राख्दै १५ नं वडाकी पूर्व सदस्य तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले रेडक्रसले विपद्का बेला पुराउँदै आएको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरिन्।

यस्तै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा जुनियर युवा संयोजक विष्णु भण्डारीले आज प्रतियोगितामा बोलेका कुराहरूलाई व्यवहारमा अनुसरण गर्न प्रतियोगीहरूलाई आग्रह गरे।

प्रतियोगिताको निर्णायकमा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति दण्डराज शर्मा, कालिका बहुमुखी क्याम्पसकी नेपाली विषयकी शिक्षिका माया कुँवर र सूर्य मोहन ढकाल रहेका थिए।

‘विपदमा रेडक्रसको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोल्डेन फ्युचर बोर्डिङ स्कुलकी छात्रा महिमा विश्वकर्मा प्रथम, छात्र साकार बराल द्वितीय र हार्वड एकेडेमीकी छात्रा सगुन सुनामी तृतीय भएका छन्। त्यस्तै रेन्वो एकेडेमीकी छात्रा शुभेच्छा शाहीले सान्त्वना स्थान प्राप्त गरेकी छन्।

प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमशः नगद रु. १० हजार, ७ हजार, ५ हजार, २  हजार सम्मान पत्र र ट्रली प्राप्त गरेका छन् ।

सिद्ध मा.वि फलेपाटनमा आयोजित उक्त प्रतियोगितामा वडाका १० सँस्थागत तथा एउटा सामुदायिक विद्यालयका २३ जना विद्यार्थीले सहभागीता जनाएका थिए।

नेपाल रेडक्रस उपशाखा पोखरा -१५ का अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शिव भण्डारीले गरेका थिए भने सोसाइटी उपशाखा -१५ का कोषाध्यक्ष खेम बहादुर थापाले कार्यक्रमको व्यवस्थापन तथा विजयी प्रतियोगीलाई धन्यवाद ज्ञापन गरेका थिए।

तस्बिरहरु : अर्जुन थापा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ