पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपतिका आकांक्षी हुन् । हाल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका खनालले पाेखरामा भने आफू पदका लागि राजनीति नगर्ने भएकाले राष्ट्रपति माग्दै नहिँडेकाे जिकिर गरेका छन् ।
समाजवादी प्रेस संगठन, कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खनालले जिम्मेवारी पाए त्यसलाई पूरा गर्न तयार रहेकाे बताए । ‘म देशको प्रधानमन्त्री भइसकेँ । मैले कहिल्यै कसैसँग पद दिनुस् भनेर गइनँ । राष्ट्रपति दिनुस् भनेर पनि म कतै गएको छैन, जाँदिन । देशले आवश्यकता महसुस गरेर दिन्छ भने म त्यसलाई पूरा गर्न तयार छु,’ नेता खनालले भने ।
राष्ट्रपति पद पाए बन्ने बताएका खनालले आगामी चुनावमा आफू इलाम १ बाट लड्नेसमेत सुनाए । उमेर ढल्केर राजनीतिमा फरक नपर्ने भन्दै उनले आफू जीवित रहँदासम्म विचार प्रवाह गर्ने बताए । जनताका कुरा सरकारसम्म पुर्याउन उमेरले फरक नपर्ने भएकाले आफू प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेको नेता खनालको भनाइ थियो ।
‘मैले केही कार्यकारी पद मागेको छैन । अहिले मेरो पार्टीमा कुनै कार्यकारी पदमा छैन,’ खनालले भने, ‘साथीहरूले सम्मानित भन्नुभएको छ किन हो त्यो उहाँहरूलाई नै सोध्नुस् । विचार दिने कुरामा जहिलेसम्म ब्रह्मनाल रहँदासम्म विचार दिन्छु । मेरो उमेरले पनि रोक्दैन, मेरो पदले पनि रोक्दैन ।’
पूर्वप्रधानमन्त्री खनालले देशको नेतृत्व गर्ने गरी विचारवान् युवाहरूको पिढी तयार भइनसकेको समेत बताए । युवाहरूले नेतृत्व लिनुपर्छ भन्ने आवाज सही भए पनि नेतृत्व गर्ने गरी तयार नभएको उनको भनाइ थियो ।
‘मलाई अझै के लागेको छ भने यो देशमा नयाँ विचारवान् पिढी तयार भइसकेको छैन । विचारवान् पिढी आजको आवश्यकता हो । युवाहरूले नेतृत्व लिनुपर्छ तर विचारवान् हुनुपर्छ,’ खनालले प्रष्ट्याए, ‘१६ वर्षकोले काम गर्न सक्छ ? सक्दैन नि त ! ऊसँग विचार, दुदर्शिता, दृष्टिकोण हुनपर्यो कि परेन ? त्यस्तो विचार भएको छ भने १६ वर्ष भए पनि जिम्मा दिन सकिन्छ ।’ नेकपा एमालेको नवौँ महाधिवेशनमा आफूले ७० वर्षपछि विश्राम लिनुपर्छ भन्ने प्रस्ताव राखेको तर त्यो उल्लंघन भएको उनले बताए ।
राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन
नेता खनालले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नमिल्ने बताए । राष्ट्रपतिलाई आजको संविधानमा जे उत्तरदायित्व रहेको छ, त्यो उत्तरदायित्वको सीमा भित्र रहेर राष्ट्रपतिले भूमिका खेल्ने कुराहरुमा मलाई केही पनि आपत्ति लाग्दैन, तर संविधानको सीमाभित्र रहेर सबैले हिँड्नै पर्छ– खनालले भने ।
खनालले राष्ट्रपतिले संविधानको सिमा नाघ्न नमिल्ने बताए । अहिलेको नागरिकता विधेयक राष्ट्रपतिले २०७३ सालमा प्रमाणीकरण गरिसकेको विधेयक भएकाले अहिले रोक्न नमिल्ने खनालको भनाई थियो ।
२०७३ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अगाडि सारेको विधेयक नै अहिले आएको स्मरण गर्दै खनालले वर्तमान राष्ट्रपतिले नै अध्यादेश प्रमाणिकरण गरेको बताए ।
खनालले सत्ता गठबन्धन दल भित्र सिट बाँडफाँडको ९० प्रतिशत सहमति भइसकेको बताए । एक दुइदिन भित्र सबै सहमति हुने उनले दाबी गरे ।
सम्बन्धित खबर
स्थानीय तह कर्मचारी संठनले बुझायो २७ बुँदे माग राख्दै ज्ञापनपत्र
अनुशासित र इमान्दारितापूर्वक काम गर्न नगर प्रहरीलाई उपमेयर गुरूङको निर्देशन
ईन्टर कलेज ब्याण्ड कम्पिटिशनका दर्शकलाई एनटिसीको सीम निःशुल्क वितरण गरिने
बिरामीको मृत्युपछि पोखरा मणिपालका डाक्टरमाथि हातपात
पर्यटन दिवसमा असोज १० गते लेकसाइडमा सडक महोत्सव हुने
ब्रेकिङ: पोखराको चाउथेबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि