पूर्वप्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपतिका आकांक्षी हुन् । हाल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका खनालले पाेखरामा भने आफू पदका लागि राजनीति नगर्ने भएकाले राष्ट्रपति माग्दै नहिँडेकाे जिकिर गरेका छन् ।
समाजवादी प्रेस संगठन, कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता खनालले जिम्मेवारी पाए त्यसलाई पूरा गर्न तयार रहेकाे बताए । ‘म देशको प्रधानमन्त्री भइसकेँ । मैले कहिल्यै कसैसँग पद दिनुस् भनेर गइनँ । राष्ट्रपति दिनुस् भनेर पनि म कतै गएको छैन, जाँदिन । देशले आवश्यकता महसुस गरेर दिन्छ भने म त्यसलाई पूरा गर्न तयार छु,’ नेता खनालले भने ।
राष्ट्रपति पद पाए बन्ने बताएका खनालले आगामी चुनावमा आफू इलाम १ बाट लड्नेसमेत सुनाए । उमेर ढल्केर राजनीतिमा फरक नपर्ने भन्दै उनले आफू जीवित रहँदासम्म विचार प्रवाह गर्ने बताए । जनताका कुरा सरकारसम्म पुर्याउन उमेरले फरक नपर्ने भएकाले आफू प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेको नेता खनालको भनाइ थियो ।
‘मैले केही कार्यकारी पद मागेको छैन । अहिले मेरो पार्टीमा कुनै कार्यकारी पदमा छैन,’ खनालले भने, ‘साथीहरूले सम्मानित भन्नुभएको छ किन हो त्यो उहाँहरूलाई नै सोध्नुस् । विचार दिने कुरामा जहिलेसम्म ब्रह्मनाल रहँदासम्म विचार दिन्छु । मेरो उमेरले पनि रोक्दैन, मेरो पदले पनि रोक्दैन ।’
पूर्वप्रधानमन्त्री खनालले देशको नेतृत्व गर्ने गरी विचारवान् युवाहरूको पिढी तयार भइनसकेको समेत बताए । युवाहरूले नेतृत्व लिनुपर्छ भन्ने आवाज सही भए पनि नेतृत्व गर्ने गरी तयार नभएको उनको भनाइ थियो ।
‘मलाई अझै के लागेको छ भने यो देशमा नयाँ विचारवान् पिढी तयार भइसकेको छैन । विचारवान् पिढी आजको आवश्यकता हो । युवाहरूले नेतृत्व लिनुपर्छ तर विचारवान् हुनुपर्छ,’ खनालले प्रष्ट्याए, ‘१६ वर्षकोले काम गर्न सक्छ ? सक्दैन नि त ! ऊसँग विचार, दुदर्शिता, दृष्टिकोण हुनपर्यो कि परेन ? त्यस्तो विचार भएको छ भने १६ वर्ष भए पनि जिम्मा दिन सकिन्छ ।’ नेकपा एमालेको नवौँ महाधिवेशनमा आफूले ७० वर्षपछि विश्राम लिनुपर्छ भन्ने प्रस्ताव राखेको तर त्यो उल्लंघन भएको उनले बताए ।
राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन
नेता खनालले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नमिल्ने बताए । राष्ट्रपतिलाई आजको संविधानमा जे उत्तरदायित्व रहेको छ, त्यो उत्तरदायित्वको सीमा भित्र रहेर राष्ट्रपतिले भूमिका खेल्ने कुराहरुमा मलाई केही पनि आपत्ति लाग्दैन, तर संविधानको सीमाभित्र रहेर सबैले हिँड्नै पर्छ– खनालले भने ।
खनालले राष्ट्रपतिले संविधानको सिमा नाघ्न नमिल्ने बताए । अहिलेको नागरिकता विधेयक राष्ट्रपतिले २०७३ सालमा प्रमाणीकरण गरिसकेको विधेयक भएकाले अहिले रोक्न नमिल्ने खनालको भनाई थियो ।
२०७३ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला अगाडि सारेको विधेयक नै अहिले आएको स्मरण गर्दै खनालले वर्तमान राष्ट्रपतिले नै अध्यादेश प्रमाणिकरण गरेको बताए ।
खनालले सत्ता गठबन्धन दल भित्र सिट बाँडफाँडको ९० प्रतिशत सहमति भइसकेको बताए । एक दुइदिन भित्र सबै सहमति हुने उनले दाबी गरे ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु