पोखरा । पोखराका पुराना चिकित्सक डा. कुमारशमसेर राणाको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।
अस्वस्थ भई उनी ५ दिनअघि पोखराको फेवा सिटी अस्पतालमा भर्ना भएका थिए । राणा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र दमका बिरामी थिए । तर, पछिल्लोपटक राणालाई निमोनिया देखिएको उपचारमा संलग्न डाक्टहरुले बताएका छन् । उनमा पछिल्लो समय उच्च रक्तचाप, मधुमेह र दम रहेकोमा पछिल्लो समय निमोनियाले सताएको थियो ।
फादर अफ एलोपेटिक मेडिसिनको रुपमा पोखरेलीले चिन्ने गरेका उनी पद्म नर्सिङ होम प्रालि पोखराका संस्थापक अध्यक्ष हुन् । पोखरामा प्राइभेट नर्सिङ होम खोल्ने राणा पहिलो हुन् । निधनको १५ दिन अघिसम्म पनि उनले पद्म नर्सिङको ओपिडी वार्ड हेर्थे । पद्म नर्सिङमा उनले ५ सय रुपैयाँ टिकट शुल्क लिएर बिरामी हेर्थे । अहिले पोखरामा टिकट खर्च बापत् डाक्टरहरुले ८ सय देखि १ हजार रुपैयाँसम्म लिन्छन् । उनको निधनमा नेपाल स्वाथ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ होम प्रालिले विज्ञप्तिमार्फत शोक व्यक्त गरेको छ ।
राणा १९९४ मा पाल्पा दरबारमा जन्मिएका थिए । राणा पोखराका अग्रणी चिकित्सक हुन् । विसं २०१९ मा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका उनले नेपाल मेडिकल काउन्सिलमा २९ औं नम्बरमा लाइसेन्स लिएका थिए । उनको लाइसेन्स नम्बरबाट उनी पोखराको मात्रै नभई मुलुकै पहिलो पुस्ताको चिकित्सक भएको देखिन्छ । राणाका छोरा र श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनका बुहारी छोरी र नातिनातिना छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन