पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी सम्पर्कविहीन भएका छन् । केदारराज गौतम र प्रमिला गौतमका १३ वर्षीय छोरा समर्पण गौतम आज विहान साढे ९ बजेदेखि हराइरहेको पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिएका छन् ।
बेपत्ता बालक समर्पणले घरमा एउटा चिट्ठी लेखेर छाडेको भेटिएको उनको ठुलो बुबा लेखनाथ गौतमलाई उदृत गर्दै समाचार सार्वजनिक भएको छ । उक्त चिठीमार्फत आफूलाई “पढ्न गाह्रो भएकाले घर छाडेको र खोजी नगर्न” आफन्तलाई उनले आग्रह गरेका छन्।
स्कूल हिँडेका छोराले लेखेको चिठी घरमा भेटेपछि उनका बुबा केदारराज गौतमले छोरो हराएको भन्दै खोजी गरिदिन प्रहरी तथा आफन्त र शुभेच्छुकहरुसँग आग्रह गरेका छन् । समर्पण पढाइमा मध्यम स्तरका विद्यार्थी रहेको बुझिएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र आफन्तले उनी जान सक्ने स्थानहरुको पहिचान गरी खोजी गरिरहेका छन्। यदि कोहि कसैले उनलाई देखे वा फेला पारेमा नजिकको प्रहरीमा खबर गरिदिन वडाध्यक्ष तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् आम जनसमुदायसमक्ष अनुरोध गरेका छन्।
यो घटनाले बालमनोविज्ञानमा पढाईले कति असर पु¥याएको छ भन्ने स्पष्ट पार्दछ । कलिला बच्चाहरुलाई उमेरले धान्न नसक्ने औपचारिक पढाईलेखाई कार्यकलापले निकै दबाब दिएको पुष्टि हुन्छ । अहिले बच्चाबच्चीहरु आफू भन्दा ठूला झोला बोकेर घोकन्ते पढाई आर्जन गर्न स्कूल जाने हो भन्दा अत्युक्ति नहोला । यसतर्फ विद्यालय, शिक्षक र स्वयं अभिभावक पनि सचेत हुन जरुरी छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु