बिहानदेखि सम्पर्कविहीन गण्डकी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय समर्पण गौतम पाेखरामै फेला परेका छन् । स्कूल निस्केका उनी पोखरा महानगरपालिका वडा नं. २ बरपाटनस्थित विन्ध्यवासिनी विद्यालय नजिकै फेला परेका हुन्।
वर्षाकाे समयमा छाता ओढेर हिँडिरहेको अवस्थामा फेला पारिएको परिवारले जनाएका छन्। बिहान साढे नौ बजे स्कूल हिँडेका समर्पण बेपत्ता रहेको समाचार सामाजिक संजाल र विभिन्न संचारमाध्यममा तस्वीरसहित प्रकाशन भएपछि स्थानियले छाता ओढेर हिँडेको अवस्थामा चिनेर परिवारलाई फाेन गरेर जानकारी दिएका थिए ।
खबर पाउनासाथ त्यहाँ पुगेका उनका मामाले समर्पणलाई सम्झाई बुझाइ गरेर घर फर्काएका थिए। प्रहरीले आवश्यक सोधपुछ गरेर उनका बाबुआमालाई जिम्मा लगाएको जनाइएकाे छ ।
समर्पण स्कूल हिँडेपछि उनको कोठामा हेर्दा आफूलाई पढ्न गाह्रो भएकाले घर छाडेको लेखिएकाे चिट्ठी फेला पारिएकाे थियाे । छोराले त्यस्तो चिट्ठी लेखेको देखेपछि उनका आमाबाबुले छोरा हराएकाले खोजि गरिदिन भन्दै प्रहरी, स्थानीय बासिन्दा र आफ़न्तहरुसँग अनुरोध गरेका थिए।
‘पढ्न गाह्रो भयो’ भन्दै चिठ्ठी लेखेर पोखरामा १३ वर्षीय बालक सम्पर्कविहीन
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह