बिहानदेखि सम्पर्कविहीन गण्डकी बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय समर्पण गौतम पाेखरामै फेला परेका छन् । स्कूल निस्केका उनी पोखरा महानगरपालिका वडा नं. २ बरपाटनस्थित विन्ध्यवासिनी विद्यालय नजिकै फेला परेका हुन्।
वर्षाकाे समयमा छाता ओढेर हिँडिरहेको अवस्थामा फेला पारिएको परिवारले जनाएका छन्। बिहान साढे नौ बजे स्कूल हिँडेका समर्पण बेपत्ता रहेको समाचार सामाजिक संजाल र विभिन्न संचारमाध्यममा तस्वीरसहित प्रकाशन भएपछि स्थानियले छाता ओढेर हिँडेको अवस्थामा चिनेर परिवारलाई फाेन गरेर जानकारी दिएका थिए ।
खबर पाउनासाथ त्यहाँ पुगेका उनका मामाले समर्पणलाई सम्झाई बुझाइ गरेर घर फर्काएका थिए। प्रहरीले आवश्यक सोधपुछ गरेर उनका बाबुआमालाई जिम्मा लगाएको जनाइएकाे छ ।
समर्पण स्कूल हिँडेपछि उनको कोठामा हेर्दा आफूलाई पढ्न गाह्रो भएकाले घर छाडेको लेखिएकाे चिट्ठी फेला पारिएकाे थियाे । छोराले त्यस्तो चिट्ठी लेखेको देखेपछि उनका आमाबाबुले छोरा हराएकाले खोजि गरिदिन भन्दै प्रहरी, स्थानीय बासिन्दा र आफ़न्तहरुसँग अनुरोध गरेका थिए।
‘पढ्न गाह्रो भयो’ भन्दै चिठ्ठी लेखेर पोखरामा १३ वर्षीय बालक सम्पर्कविहीन
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’