पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवन प्रजापति विजयी भएका छन् । संघको शनिवार भएको निर्वाचनको मतगणना सकिँदा पवनले १ हजार ६१३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले ८९७ मत प्राप्त गरे ।
निर्वाचनमा पवन र अर्जुन प्यानल बनाएरै भिडेका थिए । अधिकांश पदाधिकारी र सदस्य पवन प्यानलले जितेकाे छ ।
बरिष्ठ उपाध्यक्षमा गाेकर्ण कार्की, बाणिज्य उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, उपमहासचिवमा शाेभा गाैतम र काेषाध्यक्षमा दिनेशचन्द्र बाँस्ताेला विजयी भएका छन् । यी सबै पवन प्यानलका हुन् ।
अर्जुन प्यानलले उद्याेग उपाध्यक्षमा मात्र पदाधिकारी जितेकाे छ । उद्याेग उपाध्यक्षमा देवेन्द्र केसी विजयी भएका छन् । सदस्यमा पनि पवन प्यानलले नै धेरै जित हात पारेकाे छ । १० जना सदस्य मध्ये ६ जना पवन प्यानलका छन् ।
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि