पोखरा । पोखरामा जुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।
आइतबार बेलुका पोखरा महानगरपालिका–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी वतन भई हाल कास्की पोखरा- १३ मियापाटन बस्ने घरधनी वर्ष ४४ की सुर्य कुमारी गुरुङ, सर्लाही घर भई हाल कास्की पोखरा- ११ रानीपौवा बस्ने वर्ष ३८ को ललित कुमार बस्नेत र वर्ष ३५ को रूपक बस्नेत, बागलुङ जैमिनीन- ७ घर भई हाल कास्की पोखरा- ११फुलबारी बस्ने वर्ष ४० को दिपक खड्का, कास्की पोखरा- ७ बस्ने वर्ष ३१ को सुर्य थापा, धादिङ निलकण्ठ- ४ घर भई हाल कास्की पोखरा- ११बस्ने वर्ष ३७ को रमेश ठकुरी, कास्की पोखरा- १३ बस्ने वर्ष ४० को आशबहादुर गुरुङ, लमजुङ- १० घर भई हाल कास्की पोखरा- १० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन्।
उनीहरुकोसाथबाट प्रहरीले नगद १ लाख ७ हजार २५५ रुपैयाँ र २११ पत्ती तास बरामद गरेको छ।
उनीहरुविरुद्ध हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो