अभिनेता एवं गायक लक्की अली पहिलो पटक पोखराको बिग क्लब ‘क्याटवाक’ मा प्रत्यक्ष सांगीतिक प्रस्तुतिको लागि पोखरा आएका छन् ।
हिजो राजधानीमा रहेको एलओडीपछि भोलि शुक्रबार (१६ सेप्टेम्बर) भारतीय पपस्टार लक्की अलीको पोखरामा लाइभ कन्सर्ट हुने भएको छ ।

‘ना तुम जानो ना हम’, ‘गोरी तेरे आँखे’जस्ता हिट नम्बर दिएका अभिनेता एवं गायक अलीले क्याटवाकमा लाइभ कन्सर्ट गर्ने निश्चित भएको र टिकट बिक्री भइरहेको क्याटवाकका संचालक गुप्त लामाले जानकारी दिए । अलीलाई पोखरा ल्याउने काम भने डिजे फिन्जोकले गरेका हुन् ।
गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा अलीलाई प्रत्यक्ष सुन्न, हेर्न पहिलो चरणको टिकट मूल्य १५ सयदेखि २ हजार रुपैयाँ राखिएको छ । त्यसपछिको टिकट मूल्य २५ सयदेखि ३ हजार रुपैयाँसम्म पुग्नेछ ।

उमेरले ६३ वर्ष पुगेका अलीको यो लाइभ कन्सर्ट नै सम्भवत: अन्तिम हुने बताइएको छ । अलिसँगै आएका समूहका अन्य सदस्यले पनि प्रस्तुती राख्नेछन् ।
छिटो टिकट खरिद गर्नेहरुलाई छूट दिने उद्देश्यले चरणबद्ध टिकट बिक्री गरिएको आयोजकले जनाएको छ । हाल लेकसाइडस्थित ओपन हाउस, माउन्टेन टप र खहरेस्थित सनडाउन कर्माबाट टिकट बिक्री भइरहेको छ ।

अनुमानित ३० करोड रुपैयाँ बढी लगानीमा खोलिएको क्याटवाकले एकैपटक २ हजार बढीलाई रेस्टुरेन्ट र फ्लोरमा सेवा दिन सक्नेछ ।क्याटवाकको डान्स फ्लोर, म्युजिक सिस्टम र सुरक्षा प्रणाली अन्तर्राष्ट्रियस्तरको रहेको संचालक लामाले जानकार गराएका छन् ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला