पोखरा। पोखरा महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आवास क्षेत्रबाट ५०० मिटर बाहिर कवाडी संकलन केन्द्र सार्न ३५ दिने सूचना जारी गरेको छ।
कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै महानगरले आवास क्षेत्रबाट ५०० मिटर बाहिर कवाडी संकलन केन्द्र राख्न अल्टिमेटम दिएको हो।
सूचना भनिएको छ -“डेंगु फैलनमा अव्यवस्थित कवाडी संकलन केन्द्रहरु मुख्य कारकको रुपमा पाइएकोले आवास क्षेत्रको कम्तिमा ५०० मिटर बाहिर कवाडी संकलन स्थापना गर्न सम्बन्धित संचालकलाई अनुरोध गरिन्छ।”
महानगरले घर / जग्गा धनीलाई पनि आफ्नो जग्गामा सम्झौता अवधि जतिसुकै भएपनि सोही अनुरुप सम्झौता संशोधन गर्न अन्यथा ३५ दिन भित्र नहटाइए दुवै पक्षलाई कारवाही गरिने पनि उल्लेख गरेको छ।
साथै महानगरले पानी जम्ने खाल्डाखुल्डी, पानीका ड्रम, भाँडा, टायर गमला लगायतका पानी जम्ने स्थानलाई नष्ट गर्ने गराउने कार्यमा लाग्न वडा कार्यालय, नागरिक समाज, सरोकारवाला तथा नगरवासीलाई आग्रह गरेको छ।
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
माछापुच्छ्रे– ७ मा सडेगलेको अवस्थामा शव फेला
एमाले गण्डकी अधिवेशनको तयारी पूरा, ११ जिल्लाबाट ९०७ जना प्रतिनिधि
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल