एमाले कास्की अध्यक्ष गुरुङलाई मातृशाेक

एमाले कास्की अध्यक्ष गुरुङलाई मातृशाेक

Mankari

पाेखरा । नेकपा एमाले कास्कीका अध्यक्ष  मनबहादुर गुरुङलाई मातृ शाेक परेकाे छ । गण्डकी प्रदेश सभाका सदस्यसमेत रहेका गुरुङकी आमा मनकारी गुरुङकाे गए राति ८४ वर्षकाे उमेरमा उपचारकै क्रममा निधन भएकाे हाे ।

पाेखराकाे फेवासिटी अस्पतालमा झण्डै १ महिनादेखि उपचारार्थ भर्ना भएकी गुरूङकाे अस्पतालमै  निधन भएकाे परिवारले जनाएकाे छ । ज्वराे आएपछि अस्पतालमा भर्ना गरिएकाे थियाे ।

स्वर्गीय गुरुङका ४ छाेरा र ४ छाेरी छन् । आमाकाे अन्त्यष्टी भाेलि आइतबार गरिने जानकारी पारिवारिक श्राेतले जानकारी दिएकाे छ । भोलि उहाँकै निवास पोखरा १२, लालीगुराँस टोल बाट शवयात्रा शुरु भएर पोखरा रामघाटस्थित बौद्ध अर्घौ सदनमा अन्तिम दाहसंस्कारको कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ