पोखरा। संविधान दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं -१५ ले अन्तर विद्यालय सडक दौड प्रतियोगिता सम्पन्न गरेको छ।
‘शान्ति र स्थायित्वका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं -१५ को वडा कार्यालय परिसरमा आज आयोजित सडक दौड प्रतियोगितामा वडाका १८ विद्यालयका झन्डै २५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रा तर्फ श्री सिद्ध मा.वि.की श्रेया मगर प्रथम, सिद्ध मा.वि.कै सोनीका परियार द्धितिय, भ्यू प्वाइन्ट स्कुलकी सजिना सुनार तृतीय, सिद्ध मा.वि.की रचना चौधरी चौथो बन्न पुगिन् भने, केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना प्राप्त गरिन्।

यस्तै, छात्र तर्फ हिमालय लाईफ नेपालका राज परियार प्रथम, श्री सिद्ध मा.वि.का विवश रेग्मी द्धितिय, हिमालय लाइफकै विजय वि.क तृतीय, शुभ तारा थ्री एन्जल्सका आशिष घले चौथो र सिद्ध मा.वि.का विवेक गुरुङले सान्त्वना प्राप्त गरे।
विजयी प्रतियोगीले क्रमशः ८ हजार, ७ हजार, ६ हजार र ३-३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु देवी गुरुङले ७ औँ संविधान दिवसको शुभकामना दिँदै धेरै पहिलेदेखि धेरै संविधान बने पनि ती संविधान जनताको पक्षमा नरहेको र विभेदकारी रहेको कारण जनताको सङ्घर्ष र बलिदानी पश्चात् नेपालको संविधान २०७२ ल्याउन सफल भएको बताइन्। उनले २०७२ सालको संविधानको जगमा टेकेर नै आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको भन्दै यो संविधानको रक्षा गर्ने, सफल बनाउने र यो शासन व्यवस्थालाई स्थापित बनाउने काम पनि हामी सबैको जिम्मेवारी रहेको उनले बताइन्। गुरुङले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आज ३ किलो मिटर दौडमा सहभागी भएका खेलाडी भोली १० किलोमिटर हुँदै भविष्यमा राष्ट्रिय खेलाडी बनेर म्याराथनमा सहभागी बन्न सक्नेतर्फ जोड दिइन्।

कार्यक्रमलाई शुभकामना दिँदै वडा नं -१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए। उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडा नं -१५ मा रहेका विद्यालय र विद्यार्थी बिच आपसी सम्बन्ध बढाउनुको साथै भाईचाराको विकास गरी प्रतिस्पर्धी नभई सहयोगी सँस्थाको रुपमा शिक्षालाई अगाडि बढाउने भावना जागृत गराउने उद्देश्यका साथ सडक दौड प्रतियोगिताको आयोजना गरिएको बताए।

यस्तै, कार्यक्रमका संयोजक तथा पोखरा -१५ का सदस्य आशिष भण्डारीले संविधान दिवसको अवसर पारेर विद्यार्थीहरू बिच आयोजना गरिएको यस सडक दौड प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्न चाहेको प्रतिक्रिया दिए। उनले संविधान देशको कानुन रहेको भन्दै यसको परिपालना गर्नु सबैको कर्तव्य रहेको भन्दै आजको संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितालाई सफल पार्न खटिने सम्पूर्णलाई धन्यवाद दिए।

कार्यक्रममा वडा नं -१५ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य वलराम पौडेल, निवर्तमान वडा अध्यक्ष प्रकास पौडेल, सशस्त्र मुख्यालय लामापाटनका प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठ, पोखरा-१४ का वडा अध्यक्ष वोधराज कार्की, पोखरा -१७ कि वडा अध्यक्ष राधिका योगी शाही, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, रेडक्रस पोखरा -१५ का सभापति, एथलेटिक्स संघका प्रतिनिधि, स्काउटका प्रतिनिधि लगायत टोल विकास तथा आमा समुहको सहभागिता रहेको थियो।






सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो