Gandak News
Our News Your Views
Promote your business here Gandaknews

पोखराको हेम्जामा स्कुटर दुर्घटना : बुवाको ज्यान गयो, छोरी घाइते

पोखरामा भएको स्कुटर दुर्घटनामा एक जनाको ज्यान गएको छ । स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन् ।

नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर गएराति ८ बजे पोखरा महानगरपालिका २५ हेम्जा, हनुमानटोलमा सडकको डिभाइडरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । मृत्यु हुने राई तनहुँको व्यास नगरपालिका १, दमौलीका स्थानीय हुन् । उनी ब्यास १ हाईस्कुलटार स्थित लालीगुराँस विद्या सागर बोर्डिङ स्कुलका प्रधानाध्यपक थिए ।

स्कुटरको पछाडी सवार राईकी १५ वर्षीया छोरी सोनी घाइते भएकी छन् । दुर्घटनामा घाइते दुवैलाई उपचारको निम्ति फिस्टेल अस्पताल लगिएको थियो । चालक राईको उपचारकै क्रममा मृत्यु भएको हो । सोनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस