पोखरा -१७ का तीन खाद्य पसलमा महानगरको अनुगमन, म्याद नाघेका सामानहरु नष्ट

पोखरा -१७ का तीन खाद्य पसलमा महानगरको अनुगमन, म्याद नाघेका सामानहरु नष्ट

4

पोखरा। पोखरा महानगरपालिकाले वडा नं – १७ का विभिन्न ३ खाद्य पसलहरुमा अनुगमन गरेको छ।

टोलीले पोखरा -१७ स्थित छोरेपाटनका खाद्य पसलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा लेवल नभएका, म्याद कटेका र पसल नवीकरण नभएकाे पाइएको छ ।

टोलीले छाेरेपाटनमा रहेकाे एबीसि स्टाेर्सबाट म्याद कटेका ६ हजार २९० रुपैयाँ बराबरकाे खाद्य सामग्री नष्ट गरेको छ । उक्त स्टाेर्सबाट काेसेलि तेल १० लिटर, जाेन्सन एण्ड जाेन्सन लाेसन ४ थान, बेकिङ पाउडर ९ बट्टा, भ्यासलिन ३ थान र पाेका पाउडर ५ थान नष्ट गरेको महानगर अनुगमन अधिकृत भरतराज पाैडेलले जानकारी दिए ।

महानगरका कार्यवाहक प्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङकाे नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुषा कार्की, पाेखरा महानगर बजार अनुगमन अधिकृत भरतराज पाैडेल र उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ काेइरालाको सहभागितामा अनुगमन गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ