असोज १४ गते गण्डकीका सांसदको बिदाइ

असोज १४ गते गण्डकीका सांसदको बिदाइ

gandaki pradesh sabha

पोखरा । प्रदेश सभाको कार्यकाल सकिएको छ । मुलुक संघीय प्रणालीमा गएपछि पहिलो आम निर्वाचनबाट चुनिएका सांसदहरुको कार्यकाल असोज १ गते नै सकिएको हो । २०७४ को प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशमा ६० सदस्य निर्वाचित भएका थिए ।

सांसदलाई असोज १४ गते बिदाइ गर्ने तयारी भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले असोज १४ गते शुभकामना आदानप्रदान भनी निवर्तमान सांसदलाई बोलाउने र भेटघाट र कदर पत्र प्रदान गर्ने कार्यक्रम तय छ ।

अहिले गण्डकीमा ५८ जना सांसद छन् । कास्की २ ‘क’ बाट निर्वाचित भएका कृष्णबहादुर थापाले राजीनामा दिएका थिए भने बागलुङ १ ‘क’ बाट निर्वाचित कृष्ण थापालाई पार्टीले कारवाही गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds