Gandak News
Our News Your Views
Promote your business here Gandaknews

अनु थिङसँग विवाह गर्दै कलाकार बुद्धि तामाङ

काठमाडौं । चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्।

उनले भोलि (शुक्रबार) मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन्।

अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए।

उनीहरुको विवाह भोलि भक्तपुर कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ।

विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुने बताइएको छ।

कबड्डी, साँघुरो, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट उदाएका थिए।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस