पोखराबाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन् । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजेले आफ्नो २५ औं वार्षिकाेत्सवका अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले थापालाई प्रशंसा पत्र र अवार्ड हस्तान्तरण गरे । सो विधामा उत्कृष्ट ५ मनोनयनमा खिम लामिछाने, राधिका कंडेल, किरण आचार्य, रजनी तामाङ्ग पर्न सफल भएका थिए । उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा संस्थाका पूर्व अध्यक्ष मिनरत्न बज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए ।
अवार्ड प्राप्त गरिसके पछि प्रेम खुशी देखिन्छन् । मिहिनेतको प्रतिफल मिलेको अभिव्यक्ती उनको छ । आगामी समयमा समेत फोटो पत्रकारितालाई निरन्तरता दिंदै जाने प्रतिबद्धता उनले गरेका छन् ।
समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जना नोमीनेशनवाट छनौट गरी फरक फरक विधामा एक एक जना फोटोपत्रकार विजेताहरु चयन गरेको थियो । विभिन्न विधा अन्र्तरगत नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा तर्फ सुनील सर्मा , खेलकुद फोटोपत्रकारीता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि हरि मर्हजन, ग्लोवल आईएमइ बैंक आर्थिक फोटोपत्रकारिता विधामा असोक दुलाल, राजनैतिक फोटोपत्रकारिता विधामा नविन बाबु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधामा दिपेन्द्र मर्हजनलाई अवार्ड प्रदान गरिएको छ ।
प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड विधा तर्फ गण्डकीबाट प्रेम सङ्गै प्रदेश नं. १ उत्कृष्ट फोटोपत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा जियालाल प्रसाद साह, बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा सन्तोष श्रेष्ठ ,लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा वसन्त प्रताप सिंह, सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा विनोद विष्टले अवार्ड जित्न सफल भएका छन् ।
उक्त समारोहमा हरिगोपाल फोटोपत्रकारिता पुरस्कार तथा सम्मानवाट साहासिक फोटो पुरस्कारवाट झापाका नेत्रविक्रम विमली ,खेलकुद तर्फ विनय कुमार वानीयाँ, पर्या पर्यटन तर्फ प्रदीपकुमार श्रेष्ठ,संस्कृति सम्पदा तर्फ किरण आचार्य,मनोरन्जन तर्फ अजय मर्हजनलाई वितरण गरिएको थियो भने डिआइजी माधव थापा जोखिमपूर्ण फोटोपत्रकारिता तर्फ अनलाइन खवरका फोटोपत्रकार आर्यन धिमाललाई नगद रु १० हजार सहित प्रदान गरिएको थियो ।
यस वर्षको एनएफपिजे नेपाल लाईफटाईम एचिभमेन्ट एवार्डबाट वरिष्ठ पत्रकार हरिगोपाल प्रधानलाई नगद रु ५० हजार सहित सम्मान गरिएको छ । उनले आफुले पाएको नगद रु ५० हजार पत्रकारहरुकै कोषमा राख्ने प्रतिबद्दता सहित उक्त कार्यक्रममा चेक हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा सस्थाका सस्थापकहरु लगायत विभिन्न मिडियामा काम गरेका वरिष्ठ फोटोपत्रकार लगायत नेपालका फोटोपत्रकारहरुलाई पनि सम्मान अर्पण गरिएको थियो । राष्ट्रिय फोटोपत्रकार आपतकालीन राहतकोषमा रकम सहयोग गर्ने विभिन्न समाजसेवीहरुलाई पनि प्रशंसा प्रत्र प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो