पोखराको बुद्धचोकस्थित ‘यु एण्ड मी रेष्टुरेन्ट’बाट जुवा खेल्दै गरेका ९ जना नगदसहित पक्राउ

पोखराको बुद्धचोकस्थित ‘यु एण्ड मी रेष्टुरेन्ट’बाट जुवा खेल्दै गरेका ९ जना नगदसहित पक्राउ

juwade tas

File Photo

पोखरा। कास्की प्रहरीले जुवातास खेल्दै गरेका ९ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -१० बुद्धचोक स्थित ४५ वर्षीय कुमार कार्कीको ‘यु एण्ड मी रेष्टुरेन्ट’ मा जुवातास खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उक्त रेष्टुरेन्टमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नगदसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट नगद २ लाख १५ हजार २ सय ५० रूपैयाँ, १ थान सिसिटिभि क्यामेराको हार्डडिक्स, १ थान मनिटर र ४ बुक तास वरामद गरेको छ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ