कास्कीको मादीमा पाईप चोरी गरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

कास्कीको मादीमा पाईप चोरी गरेको आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ

Screenshot_1

पोखरा । खानेपानीको पाईप चोरी गरेको आरोपमा प्रहरीले गाउँपालिकाका वडासदस्य सहित ४ जनालाई पक्राउ गरेको छ।

गत असोज ५ गते राती १२ बजेको समयमा कास्की जिल्ला मादी गाउँपालिका स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाईपहरु चोरी गरेको आरोपमा प्रहरीले मादी गाउँपालिका -१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङ, मादी -७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, सोहि ठेगाना भएका २६ वर्षीय निरज गुरुङ र लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका -८ घर भइ पोखरा -१३ कसेरी बस्दै आएका रिदम भन्ने सुनिल परियारलाई पक्राउ गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार संस्थानका पाईपहरु चोरी भएको भन्ने सूचना पश्चात वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ग १ त ५१३७ नंवरको ट्याक्टरमा लोड गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

चोरी भएको पाईप अन्दाजी १४ लाख हाराहारीको रहेको बुझिएको छ। हाल उनीहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds