कास्की । कास्कीकोट दरवारमा रहेको गुप्तकालीका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरिएको छ । गुप्तकालीका मन्दीरमा सधै जस्तै यस वर्षपनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ ।
तान्त्रीक र वैदीक तरिकाले पुजा हुने गुप्तकालीका मन्दिरमा घस्थापना देखी दशमीसम्म पाणा पुजारीहरु मन्दीरमा नै वसेर गुप्तकालीकाको पूजा गर्ने प्रचलन रहेको छ ।
वडा दशैंमा यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरीने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए। कास्कीकोटमा दशैको वेलामा वजाइने नगरा , सत्रौ शताव्दीका ढाल तरवारहरु लगाएत धोपहरुको समेत प्रर्दशन गरिने भएको छ । “संस्कृतीको संरक्षण सगै धार्मीक पर्यटनको प्रवर्दनमा सहयोग गरौ भन्ने नारा सहित दशै उत्सव गर्न लागीएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ ।

कास्की दरवारमा घटस्थापनाको दिन विधिवध तरिकाले मन्दिरमा प्रवेश गरिन्छ। सप्तमीको दिन पोखराको रामघाट वाट ल्याइएको फूल पत्र र कुँवर जातिको सरुङ खेलसंगै मन्दिरमा भित्र्याइने प्रचलन रहेको छ ।
अष्ठमीका दिन राती काल रात्रीको पुजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीको दिन गुप्तकालीका मन्दीरमा टिका लगाएपछि विधिवतरुपमा फूल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ।
दशै उत्सवमा भक्तजनहरुको सजिलोको लागि विभिन्न उपसमिती गठन गरिएको छ । गुप्तकालीका मन्दीरमा दशैंको दश दिन दैनिक विभिन्न देवीको पूजा हुने गर्दछ । गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पुराहुने जन विश्वास रहेको छ ।
यहाँ पूजा गर्न तथा पञ्चवली भाकलहरु गर्नेहरुको दैनिक भीड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासंगै यहाँ हरेक दशैंमा विषेश पूजा हुँदै आएको छ । यस ठाउँवाट नै कास्की जिल्लाको नामाकरण भएको मान्ने गरिन्छ ।
लामो सयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीहरुले दर्शन समेत गर्न पाएका थिएनन् । यसपटकको पुजालाई व्यवस्थित वनाउन पोखरा महानगरपालिका – २४ को वडा कार्यालयले कास्कीकोट दरवारलाई आर्थिक सहयोगसंगै प्रर्वद्धनात्मक सहयोग गरेको वडा अध्क्षय भरत वहादुर अधिकारीले बताए ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु