पोखरा । पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ।
नेपालीहरु ठुला चाडपर्व नजिकिँदै जादा बजार अनुगमन तिव्र पारेको हो। पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ।
पोखराका मुख्बजारका पसलहरुमा अनुगमन गरिएको महानगरका उपप्रमुख एंव उपभोक्ता हित संरक्षणमा संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन्। अनुगमन अन्तर्गत आज मंगलबार पोखरा २५ हेमजाको मिलनचोकका ६ वटा खाद्य पसलमा अनुगमन गरेको छ।

अनुगमनमा मुल्यसुचि नभएको, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघेका खाद्य सामग्री फेला परेको अनुगमनमा सहभागी महानगरका सहायक पाँचौ ऋषिराम सापकोटाले जानकारी दिए। अनुगमनमा छ सपसलका सञ्चालनलाई सम्पूर्ण कागजपत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन तारिख दिइएको सापकोटाले जानकारी दिए। अनुगमनमा एकराज किराना पसलबाट म्याद नाघेका ३२४०, बैजनि किराना पसलबाट ५०० को म्याद नाघेका खाद्य सामग्री नष्ट गरिएको छ।

त्यस्तै शुभकार्य मसला तथा झिलिङगा उद्योग, सन्देश किराना पसल, घामपानि सुपर मार्केटमा जोख्ने सामग्रीको दर्ता नगरेको, पसल नविकरण नगरेको पाएकाले नविकरण गर्न र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको पोखरा २५ का वडा अध्यक्ष मोतिलाल तिम्सेनाले जानकारी दिए। उनले पसल सञ्चालन गर्दा दर्ता गरेर बैधानिक रुपमा सञ्चालन गर्न सबै वडा बासिलाई अनुरोध गरेका छ। उनी जनस्वास्थ्यलाई ख्याल गरेर ब्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेका छन्।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा