पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले पाँच बर्षे कार्यकालमा राज्यबाट सांसद र मन्त्रीको हैसियतमा प्राप्त सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । व्यक्तिगत १८ लाख गरी कूल ५८ लाख बढी रकम सामाजिक कार्यमा खर्चिएको उनले जनाए ।
नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं. २ प्रदेश सभा ख बाट प्रत्यक्षमा निर्वाचित मन्त्री थापाले विहिवार पोखरामा पत्रकार सम्मेलन गरी आम्दानी खर्च विवरण सार्वजनिक गरेका हुन् ।
मन्त्री थापाले निर्वाचित हुनुअघि नै राज्यबाट पाउने सेवा सुविधा सामाजिक सेवामा खर्च गर्ने प्रण गरेका थिए । सोहि बमोजिम उनले २०७४ माघ देखि हालसम्मको उक्त समयमा राज्यबाट उनको बैंक खातामा ४० लाख ७१ हजार २ सय ४९ रुपैयाँ ३९ पैसा जम्मा भएको जानकारी गराए । मन्त्री थापाले बैंकमा जम्मा भएको रकममा आफ्नो व्यक्तिगत रकम समेत थप गरी ५८ लाख २९ हजार ६६ रुपैयाँ ५२ बराबरको पैसा विभिन्न विकास र सामाजिक कार्यमा खर्च गरेको बताए ।
‘प्रदेश सांसद हुँदा देखि बहालवाला मन्त्रीका रुपमा मैैले प्राप्त गर्ने सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको छु’, उनले भने,‘प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि नलिई सामाजिक कार्य अन्तर्गत क्यान्सर पीडित, दलित बस्तीमा खानेपानी लगायतमा खर्च गर्दा आत्मसन्तुष्टी मिलेको छ ।’
मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको जिकिर गरे । प्रदेश सभा र प्रदेश तहको सरकारको यो पहिलो कार्यकाल भएको उल्लेख मन्त्री थापाले गरे । बलियो घर निर्माणका लागि बलियो जगको अति महत्व हुने भन्दै घरको संरचना त्यही जगमा उभिएको अभिव्यक्ति उनको थियो । सोही अनुरुप पहिलो कार्यकाल भएकाले पनि प्रदेशले संघीयताको मर्म र भावना अनुरुप कार्यसम्पादनका लागि विभिन्न कानून तथा आधारभुत संरचना निर्माणका लागि अधिकतम ध्यान र मेहेनत गरेको उनले बताए ।
प्रदेशका कतिपय गतिविधि र क्रियाकलापहरु अझ स्पष्ट रुपमा आम जनमानसमा भिज्न नसकेतापनि यस अवधिमा भएका कानुनका निर्माण र अन्य गतिविधिले अर्को पटकको प्रदेश सभा सञ्चालन र सरकारको चुस्त दुरुस्त कार्यका लागि बाटो तय गरेको भनाई उनको छ । संघीयताको असल अभ्यास अर्काे पटक अझ स्पष्ट देखिनेछ भन्ने विश्वास मन्त्री थापाले लिएका छन् ।
मन्त्री थापाले प्रदेशको समृद्धि र विकासका लागि सरकारको एक जिम्मेबार सदस्यको रुपमा काम गर्न पाउँदा खुशी लागेको बताए । उनले आफु राजनीतिमा नितान्त सेवा गर्ने उद्देश्यनुरुप आएको समेत उल्लेख गरे । ‘राजनीति मेरा लागि पेशा कदापी होइन । व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन । राजनीतिमा नितान्त सेवाका लागि आएको हुँ ।’,मन्त्री थापाले भने ।
मन्त्री थापाको बैंक खातामा २०७४ सालमा निर्वाचित भएको पहिलो वर्षदेखि हालसम्म क्रमशः ७ लाख ९ हजार १ सय ३५ रुपैयाँ, ६ लाख १० हजार ६ सय ३९ रुपैयाँ १० पैसा, ८ लाख ५९ हजार ८ सय ६८ रुपैयाँ, १३ लाख ६६ हजार ३ सय ६० रुपैयाँ २९ पैसा र ५ लाख २५ हजार २ सय ४७ रुपैयाँ जम्मा भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यो रकम बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधा समेतको हो । निर्वाचित भए देखि हालसम्म विकास निर्माण र सामाजिक कार्यमा पहिलो वर्ष देखि क्रमशः १० लाख ५४ हजार ६ सय ५५, ९ लाख ३ हजार ७ सय १ रुपैयाँ ५२ पैसा, १२ लाख ४७ हजार ४० रुपैयाँ, १४ लाख ८६ हजार ९ सय ७० रुपैयाँ, ११ लाख ३६ हजार ७ सय रुपैयाँ खर्च गरेको जनाइएको छ ।
विगतमा आफुले गरेका कामलाई पार्टीले मुल्यांकन गर्नेमा मन्त्री थापा विश्वस्त छन् । मिडियाको खबरदारीले लोकतन्त्रलाई बलियो बनाउन सघाउने विश्वास व्यक्त गर्दै उनले रचनात्मक सुझाव र सल्लाहको अपेक्षा गरेका छन् । मन्त्री थापाले आगामी दिनहरुमा समेत देशको समृद्धि र जनताको जीवनस्तर उकास्ने अभियानमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो