पर्वतको कुश्माबाट अवैध लागु औषधसहित दुई जना पक्राउ

पर्वतको कुश्माबाट अवैध लागु औषधसहित दुई जना पक्राउ

Arrest

पर्वत। अवैध लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको कुश्मा नगरपालिका -७ दुर्लुङग चोक बस्ने ३५ वर्षीय लुपेन्द्र पुन र नवलपरासी जिल्ला सुनवल नगरपालिका -७ बस्ने ३३ वर्षीय विक्रम राना मगर छन्।

प्रहरीका अनुसार पुनको घरमा अवैध लागूऔषध सेवन तथा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कोठामा लुकाई राखेको नियन्त्रित लागूऔषध डाइजेपाम ४९ एम्पुल, नुर्फिन ४९ एम्पुल र फेनरागन ४९ एम्पुल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ