बारामा बस दुर्घटना, १४ जनाको मृत्यु, २४ घाइते

बारामा बस दुर्घटना, १४ जनाको मृत्यु, २४ घाइते

accidient

मकवानपुर – बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान तीन नम्वर पुल नजिकै दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले पुष्टी गरे।

उनका अनुसार बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएकोमा चिकित्सकले चेक जाँच गर्ने क्रममा उनीहरुलाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा ९ पुरुष र ५ जना महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा अन्य २४ जना घाइते भएको बुझिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds