राप्रपाद्वारा कास्कीका सबै क्षेत्रमा उम्मेदवारी दर्ता

राप्रपाद्वारा कास्कीका सबै क्षेत्रमा उम्मेदवारी दर्ता

raprapa ummedwar

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीका ३ वटा प्रतिनिधी सभा र ६ वटा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको छ । एमालेसँग तालमेलको प्रयास असफल भएपछि सबै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले जनाएको छ ।

प्रतिनिधिसभातर्फ कास्की– १ मा डाक्टर सुर्यबहादुर गुरुङ, प्रदेश सभा कमा बाबुराम थापा र खमा डाक्टर महेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

यस्तै, कास्की– २ मा प्रतिनिधि सभा सदस्यका लागि सुवर्णराज पन्त, प्रदेश कमा विजयबहादुर भण्डारी र खमा अरुण गिरीले उम्मेदवारी दिएका छन् ।

यस्तै, कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लािग जगतप्रसाद सुवेदी, प्रदेशसभा कमा केदारनाथ अधिकारी र खमा हरिराम भण्डारीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ता लिने समयसम्म एमालेसँग तालमेल प्रयास जारी राख्ने र तालमेल नभए एक्लै निर्वाचनमा जाने राप्रपा कास्कीका प्रवक्तासमेत रहेका कास्की–२ खका उम्मेदवार अरुण गिरीले जानकारी दिए । राप्रपाले गत स्थानीय निर्वाचनमा कास्कीबाट करिब ६ हजार मत पाएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ