पाेखराकाे मितेरी पुलबाट हाम्फालेर बाग्लुङका खड्का बेपत्ता

पाेखराकाे मितेरी पुलबाट हाम्फालेर बाग्लुङका खड्का बेपत्ता

miterii

पोखरा ७ र १५ जोड्ने मितेरी पुलबाट हाम फालेर बाग्लुङका केदार खड्का बेपत्ता भएका छन् । बाग्लुङ नपा – ९ स्थायी घर भएका ४८ वर्षीय खड्का बिहान ६ बजेतिर पुलबाट हाम्फालेकाे प्रहरीले जनाएकाे छ ।

कास्की प्रहरीका अनुसार खड्काकाे खाेजी कार्य जारी छ । उनी केहि अघिदेखि बिरामी रहेकाे परिवारले जनाएकाे छ

आफ्नो दाजु, छोरा र भान्जासहित झारफुक गर्न हिँडिरहेको बेला एक्कासी पुल माथिको रेलिङमा चढेर हामफालेको प्रत्यक्षदर्शी उनका छोरा जीवन खड़काले बताएका छन् ।

खड्का १५ दिनदेखि उपचारको लागि पोखरा १५ नयाँगाउँ स्थित दाजुको घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ