पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज शुक्रबार पोखरा रंगशालामा हुँदैछ।
उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न ४ बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्नेछन्।
उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो। दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो। त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन्।
नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ।
७ प्रदेश, ३ विभागीय टिम र एनआरएनए गरी ११ टोलीका व्यक्तिगत र समूहगत खेलका गरि ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
राखेपले कास्की पोखरा बाहेक गण्डकी प्रदेशका अन्य सात जिल्लामा खेलहरु आयोजना गर्ने भएको छ । प्रतियोगिताको शुक्रबार उद्घाटन हुने भए पनि खेलहरु भने गत सातादेखि नै भईरहेका छन्।
महिला क्रिकेट पोखरा क्रिकेट मैदानमा असोज २३ गते तथा असोज २४ गतेबाट महिला तथा पुरुष ह्याण्डबल र फेन्सिङ खेल सुरु भएका थिए।
अहिलेसम्म बागमती प्रदेशले ४ स्वर्ण १ रजत, आर्मी ३ स्वर्ण, ३ रजत ६ कास्य, एपिएफ क्लबले १ स्वर्ण ३ रजत र ६ कास्य, सुदुर पश्चिमले १ स्वर्ण र ३ कास्य, पुलिस १ स्वर्ण, प्रदेश १ ले ३ कास्य र गण्डकी प्रदेशले १ कास्य पदक जितेका छन्।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप