पोखरा । ‘आँखालाई माया’ गरौ भन्ने नारा सहित पोखरामा विवश्व दृष्टि दिवस मनाइएको छ।
दिवसको अवसरमा हिमालयन आँखा अस्पतालको आयोजनामा पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुको आँखा जाँच तथा जनचेतनामुलक कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आँखालाई माया गर्नुपर्नेमा जोड दिइन्। मानिसको महत्वपूर्ण अंगका रुपमा रहेकको आँखालाई समय समयमा जाँच गराउनुपर्नेमा जोड दिइन्। हामी विरामी हुँदा मात्रै जाँच गर्ने तर अरुबेला चासो राख्दैनौ उनले भनिन्, ‘६ महिना वा एक वर्षमा आँखाको जाँच गर्नुपर्छ। यसले गर्दा आँखाको सुरक्षा हुन्छ।’ उनले हिमालयन आँखा अस्पतालले धेरै राम्रो काम गरेको बताइन्। आँखाको उपचारमा धेरै राम्रो गदै आएको छ उनले भनिन्, ‘अझै दक्ष जनशक्ति उत्पादन गरेर लैजानसके राम्रो हुन्छ। त्यसको लागि महानगरले सक्दो सहयोग गर्न तयार छ।’ पोखरालाई शैक्षिक हब बनाउने योजना सहित अगाडी बढेको बताउदै बाहिरबाट अध्ययन गर्न पोखरा आउने वातावरण बनाउनसके यहाँका विद्यार्थी बाहिर जाने अवस्थाको अन्त्य गर्नुपर्छ भनिन्। ‘यहाँका विद्यार्थीहरु अध्ययन गर्न बाहिर जाँदा ठूलो धनराशी पनि बाहिरिने भएकाले पोखरामै गुणस्तरीय शिक्षा दिएर शिक्षाको हवका रुपमा विकास गर्नुपर्छ।’

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले विश्वमा ३ करोड बढि मानिसहरु दृष्टि विहिन रहेको बताउदै ती मध्य ९० प्रतिशत न्यूनआर्य भएका ब्यत्तिहरु रहेको बताए। तथ्यांक हेर्दा आर्थिक पाटो पनि आँखासंग जोडिएको उनको भनाई छ । दुई अर्व ४६ करोडमा आँखाको समस्या रहेको बताए। हालको विश्व जनसंख्याको ३२ प्रतिशत हुने उनको भनाइ छ। आँखा जतन र माया गर्नुपर्नेमा उनले जोड दिए।
उनले सुरक्षित खानाले आँखाको सुरक्षा गर्न सकिने बताए। आँखा सर्वोस्व संसार भएको बताउदै यसलाई जोगाउनुपर्ने र त्यसका लागि जनचेतना आवश्यक रहेको बताए। कार्यक्रमा हिमालयन आँखा अस्पतालका निर्देशक इलिया श्रेष्ठले आँखाको हेरचाह र रक्षाका गर्नुपर्ने बताउदै त्यसका लागि जनचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिए। उनले आँखालाई चोटपटकबाट जोगाउन जे पायो त्यही औषधीको प्रयोग गर्न नहुने, समयसमयमा आँखाको जाँच गराउनुपर्ने बताए। कार्यक्रमा नेपाल नेत्र ज्योति संघका अध्यक्ष कृष्णबहादुर गुरुङले नेपान सरकारको सहकार्यमा आँखा उपचारमा काम गर्दै आएको बताए।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह