बेंसीसहर–चामे सडक खुल्यो

बेंसीसहर–चामे सडक खुल्यो

manang (2)

लमजुङ । पहिरोका कारण अवरुद्ध बेंसीसहर–चामे सडक एक सातापछि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

शुक्रबारदेखि सवारीसाधन निर्बाध रूपमा आवतजावत हुन थालेका छन् ।

महानवमी रातिदेखि झरेको बाढीपहिरोले मनाङ जाने आउने एकमात्र बेंसीसहर–चामे सडक दसैंको टीकाको दिनदेखि अवरुद्ध भएको थियो । लमजुङ सदरमुकाम बेंसीसहरदेखि ठाउँठाउँमा सडक अवरुद्ध हुँदा सिंगो मनाङ जिल्ला र लमजुङको मर्स्याङ्दी गाउँपालिकाका स्थानीय प्रभावित भएका थिए ।

अविरल वर्षापछि लमजुङको खरखरे, रामबजार, घोप्टे, अर्खले साथै मनाङ खण्डको खोत्रो, कोतोलगायत ठाउँमा पहिरोले सडकमा क्षति पु¥याएको थियो । सबै ठाउँको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ