पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलतर्फका फाइनल प्रतिष्पर्धा मंगलबारदेखि सुरु हुँदैछन् । सोमबारका खेलहरुबाट कम्पाउण्ड मेन सिंगल र वुमन सिंगल, रिकर्भ मेन सिंगल र रिकर्भ वुमन सिंगल तथा स्टाण्डर्ड मेन टीम र वुमन टीमको फाइनल समिकरण तयार भएको छ ।
कम्पाउण्ड मेन सिंगलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल पुगेका छन् । जागृतले सुदुरपश्चिमका सुरेश गुरुङलाई १३६ को विरुद्ध १४४ अंकका साथ स्वर्ण पदकको प्रतिष्पर्धामा आफूलाई उभ्याएका हुन् । फाइनलमा गण्डकीकै खेलाडी पुगेपछि यस विधामा गण्डकीलाई स्वर्ण र रजत पक्का भएको छ ।
जागृतले ¥याङकिङ राउण्डमा ६९८ स्कोर खडा गर्दा सातौं राष्ट्रिय खेलकुदमा आफूले बनाएको ६८९ अंकको रेकर्ड पनि तोडेका छन् । ख्यामले ६९७ अंक जोडे ।
यस्तै, गण्डकीका ख्यामले एपीएफएका रमेश भट्टचनलाई १४१–१३५ स्कोरले हराउँदै उपाधि होडमा आफूलाई उभ्याए ।
कम्पाउण्ड वुमन सिंगलतर्फ एपीएफकी पार्षदा आचार्य र आर्मीकी इमायुङ राई फाइनल पुगेका छन् । पार्षदाले गण्डकीकी मोनिका रानालाई १३४–१०९ स्कोरले हराईन् । यस्तै, इमायुङले एपीएफकी निर्मला कानवाङ राईलाई १३०–१२२ स्कोरले पछि पारिन् ।
रिकर्भ मेन सिंगलतर्फ गण्डकीका गंगाबहादुर कुँवर र पुलिसका तिलक पुन फाइनल पुगेका छन
। गंगाले एपीएफका विराट थापालाई ६–४ अंकले हराएका हुन् । यस्तै, तिलकले गण्डकीका असिम शेरचनलाई ६–४ अंकले पन्छाउँदै फाइनलमा स्थान बनाए ।
रिकर्भ वुमन सिंगलतर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी ज्ञानु अवालेलाई ६–४ स्कोरले हराइन् । यस्तै आर्मीकी मञ्जु बजगाईंले गण्डकीका रश्मी दर्लामीलाई सोझो ३ सेटमा (६–०) हराइन् ।
स्टान्डर्ड मेन टीमतर्फ गण्डकी र सुदुरपश्चिम उपाधिका लागि प्रतिष्पर्धामा उत्रँदा वुमन टीम तर्फ प्रदेश १ र आर्मी खेल्नेछन् । मेन टीमको पहिलो सेमिफाइनलमा गण्डकीले प्रदेश नं. १ लाई ५–१ अंकले हराएको हो । यस्तै, अर्को खेलमा सुदुर पश्चिमले नेपाल पुलिसाई ६–४ अंकले हराउँदै फाइनल पुगेको हो ।
स्टान्डर्ड वुमन टीम तर्फ प्रदेश १ ले गण्डकी प्रदेशलाई ६–० अंकले सोझो तीन सेटमा हरायो । यस्तै, आर्मीले पनि एपीएफलाई सोझो तीन सेट (६–०) ले पन्छाउँदै फाइनलको यात्रा तय गरेको हो ।
राष्ट्रिय खेलकुदमा पाँचौ संस्करणबाट सहभागिता जनाएको आर्चरीमा यो पटक सबैभन्दा धेरै टोलीको सहभागिता रहेको छ । खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन् । मधेश र कर्णालीको भने सहभागिता रहेन ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो