पोखरा, १ कार्तिक । गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो ।
गण्डकीले थप दुई वटा रजत र एउटा काँस्य हात पार्न सक्यो । आर्मीले थप पाँच काँस्य पदक प्राप्त गरेको छ । एपीएफले थप दुई रजत, दुई काँस्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक काँस्यमा सीमित रहँदा सुदुर पश्चिमले एक रजत र एक काँस्य तथा बागमतीले एक काँस्य जित्न सक्यो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकीले रिकर्भ मेन टीम, रिकर्भ मिक्स टीम, कम्पाउण्ड मेन टीम र स्टान्डर्ड मेन टीममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टीम र स्टान्डर्ड मिक्स टीममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपीएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो ।
रिकर्भ मेन टीममा गण्डकीले नेपाल पुलिसलाई फाईनलमा सोझो तीन सेटमा जित्यो । अशिम शेरचन, गंगा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले ३–० स्कोरले जितेको हो । तेस्रो स्थानमा रहेको एपीएफले सुदुरपश्चिमलाई जित्यो ।

रिकर्भ मिक्स टीमतर्फ गण्डकीका गंगा कुँवर र रोजिना थापा मगरको जोडीले बिराट थापा र गीता खत्री सम्मिलित एपीएफलाई ५–३ स्कोरले पराजित गरेको हो । ४–२ स्कोरको अवस्थामा निकै प्रतिष्पर्धात्मक खेलमा रोजिनाले अन्तिम टार्गेट चुक्न दिइनन् । आर्मीले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।

कम्पाउण्ड मेन टीम तर्फ गण्डकी प्रदेशले एपीएफलाई पराजित गरेको हो । योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टीमले एपीएफलाई १४४–१४१ स्कोरले हरायो । आर्मीले सुदुरपश्चिमलाई पराजित गर्दै काँस्य पदक हात पारेको हो ।
स्टान्डर्ड वुमन टीम नेपाल आर्मीले प्रदेश १ लाई ६–० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा बिक, सरु तमाङ, खड्ग कुमारी थापा मगर र तुलसी थापा मैदान उत्रेका थिए । यस्तै, गण्डकीले एपीएफलाई पराजित गर्दै काँस्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुश्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेका थिए ।

स्टान्डर्ड मिक्स टीमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा बिक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुश्का शेरचन खेलेका थिए । एपीएफले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।

कम्पाउण्ड मिक्स टीममा एपीएफले गण्डकी प्रदेशलाई १४७–१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । रमेश भट्टचन र पार्षदा आचार्यकाे जाेडीले जागृत गुरूङ र माेनिका रानाकाे जाेडीलाई हराएकाे हाे । सुदुरपश्चिमले वाकओभर दिँदा आर्मीले काँस्य जित्यो ।

स्टान्डर्ड मेन टीमतर्फ गण्डकीले सुदर पश्चिमलाई सोझो तीन सेटमा हरायो । गण्डकी टीममा दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारी मैदान उत्रिएका थिए । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै काँस्य जित्यो ।

अन्तिम दिन बुधबार ६ वटा स्वर्णका लागि खेल हुनेछन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो