महिला फुटबलमा पुलिस र एपिएफ विजयी

महिला फुटबलमा पुलिस र एपिएफ विजयी

m.football

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार वालिङमा भएको महिला फुटबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ।

मंगलबार भएको पहिलो सेमीफाईनलको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।

खेलको १३ आँै मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिईन् ।

लगत्तै खेलको १९ औँ मिनेटमा निर्मला वि.क ले दोस्रो गोल गरिन् भने ८० औँ मिनेटमा निर्मला उपाध्यले तेस्रोे गोल गर्दै पुलिसको जित सुनिश्चित गरिन् ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफको ५६ औँ मिनेटमा एपीएफकी खेलाडी सावित्रा भण्डारीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।

फाईनल खेल विहिबार विहान नौ बजेदेखि हुने आयोजकले जानकारी गराएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds