पोखरामा चाँदी जस्तो देखिने धातुको सामानसहित दुई जना पक्राउ

पोखरामा चाँदी जस्तो देखिने धातुको सामानसहित दुई जना पक्राउ

Arrest

पोखरा। पोखरा महानगरपालिका-३२ मझुवाबाट चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामानहरू सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत घर भएका २१ वर्षीय राजु कुमार साह र बारा करैयामाई गाउँपालिका-८ बस्ने ३४ वर्षीय सरोज मियाँ मसुर रहेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ९३०८ नम्बरको बसमा सवार राजु कुमारलाई १ सय ९३ तोला ९२ लाल र ग.१ ख २६९५ नम्बरको बसमा सवार सरोजलाई ४ सय १३ तोला ५२ लाल बराबरको चाँदी जस्तो देखिने धातुको विभिन्न सरसामान सहित पक्राउ गरेको हो ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds