पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत कबड्डी पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश फाइनल प्रवेश गरेका छन् ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले सुदुर पश्चिम प्रदेशलाई ३६–२१ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गर्दा अर्को खेलमा लुम्बिनी प्रदेशले नेपाल प्रहरी क्लवलाई २७–१० पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
फाइनल चरणमा प्रवेश गरेका आर्मी र लुम्बिनीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए ।
प्रतियोगितामा सुदुर पश्चिम प्रदेश र नेपाल प्रहरी क्लवले समान ३ जित र २ पराजय वेहोदै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।
यसअघि, बुधबार नै सम्पन्न भएको लिग चरणको अन्तिम खेलमा त्रिभूवन आर्मी क्लवले प्रदेश नम्वर १ लाई ३७ –११ पोइन्टले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्दा सुदुरपश्चिम प्रदेशले लुम्बिनी प्रदेश सँग४४–२६ पोइन्टले पराजित बेहारे पनि सेमिफाइनलमा यसअघिका प्रर्दशनका आधारमा सेमिफाइनमा स्थान बनाएको थियो भने नेपाल पुलिसले मंगलबारको खेलमा गण्डकी प्रदेशलाई ५८–५४ पोइन्टले पराजितगर्र्र्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
यस्तै, लिग चरणको खेलमा मधेश प्रदेशले सशस्त्र प्रहरीलाई ४०–३७ पोइन्टले पराजित गरे पनि दुवै टिम बाहिरीन पुगे ।
यसअघि प्रतियोगितामा बाग्मती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश भने मंगलबार नै बाहिरी सकेका छन् ।

यस्तै, महिला कबड्डीतर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लवफाइनल प्रवेश गरिसकेका छन् ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभूवनआर्मी क्लवले लुम्बिनी प्रदेशलाई २३– ६ पोइन्टले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै अर्को विभागिय टोली नेपाल प्रहरी क्लवले सशस्त्र प्रहरी बललाई ३२– २९ पोइन्टले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
फाइनल चरणमा प्रवेश गरेका आर्मी र नेपाल प्रहरीले लिग चरणका खेलमा अपराजित रहँदै समुह विजेता घोषित भए ।
प्रतियोगितामा लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बलले समान ३ जित र २ पराजय वेहोर्दै समुह उपविजेता बन्दै कास्यमा सिमित हुन पुगे ।
प्रतियोगिता अन्र्तगत आज (बिहीबार) बिहान ८ बजे स्वर्ण र रजत पदकका लागि पुरुषतर्फ त्रिभूवन आर्मी क्लव र लुम्बिनी प्रदेश आम्ने साम्ने हुँदा महिला तर्फ त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरी क्लव विच उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।
आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुदमा पुरुष तथा महिला कबड्डीको दुवैमा स्वर्ण विजेता हो ।
प्रतियोगितामा महिला तथा पुरुषमा गरी सात प्रदेश र ३ विभागिय गरी समान १० टिमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’