डेंगु संक्रमित नेतृ विद्या भट्टराईकाे स्वास्थ्यावस्था सुधाराेन्मुख

डेंगु संक्रमित नेतृ विद्या भट्टराईकाे स्वास्थ्यावस्था सुधाराेन्मुख

bidya bhattarai

पोखरा । निवर्तमान सांसद, एमालेकी केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनमा एमालेबाट कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार विद्या भट्टराईकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाे उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनलाई डेंगु संक्रमण भएपछि मणिपाल अस्पतालमा मंगलबारदेखि सघन उपचार कक्षमा उपचार भइरहेको छ ।  वरिष्ठ छाती राेग विशेषज्ञ सीपी आचार्यले एक सूचना जारी गर्दै भट्टराईकाे ४ दिन देखि मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भैइरहेको र आजबाट स्वास्थ्यका सबै परिसूचकहरु सुधाराेन्मुख रहेकाे बताएका छन् । अझै केही दिन प्रत्यक्ष निगरानीमा उपचारमा रहने  पनि उनले जनाएका छन् ।

भट्टराईको अवस्था अहिले सामान्य रहेको भट्टराईका सहयाेगी कृष्ण आचार्यले जानकारी दिए । ‘ज्वरो आउने हट्ने भइरहेको थियाे, बान्ता नराेकिएकाले वार्डमा सारेका थिएनाैँ । अब सार्ने व्यवस्था भइरहेकाे छ । भेटघाट बन्द गरेका छौं, दुई तीन दिनमा डिस्चार्ज हुनुहुनेछ ।’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ