लमजुङका किशोरीलाई पुनःप्रयोग गर्न मिल्ने प्याडसहितका स्वास्थ्य सामाग्री वितरण

लमजुङका किशोरीलाई पुनःप्रयोग गर्न मिल्ने प्याडसहितका स्वास्थ्य सामाग्री वितरण

lamjungg (1)

लमजुङ । विश्वव्यापी अभियान चलाइरहेको डेज् फर गर्ल्स लमजुङको किशोरीमाझ पनि पुगेको छ । मध्यनेपाल नगरपालिका ८, डडुवा गाउँस्थित करापु स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरी ४० जना किशोरीलाई डेज् फर गर्ल्सको किट् वितरण गरिएको छ ।

चाइल्ड वेलफेयर एण्ड एजुकेशन (बालगृह), कास्की र डेज् फर गर्ल्स लमजुङ ईन्टरप्राइजको आयोजना, डायन बर्च, अष्ट्रेलियाको विशेष सहयोगमा भएको कार्यक्रमको स्थानीय सहकार्य मध्यनेपाल नगरपालिका ८ नं. वडा कार्यालय र करापु स्वास्थ्य चौकीले गरेको थियो ।

डेज् फर गर्ल्स अभियान अन्तर्गत पुनःप्रयोग गर्न मिल्ने सेनेटरी प्याड रहेको ४० वटा झोला वितरण गरियो । जसमा, दुई वटा अन्डरवयर, दुईटा प्याड होल्डर, ८ वटा लाईनर, सानो फेस टावेल, साबुनसमेत रहेको सीडब्लूईका डाइरेक्टर दीपक गुरुङले जानकारी दिए ।

उक्त प्याड धुँदै पुनः प्रयोग गर्न मिल्ने, वातावरणमैत्री, स्वास्थ्यलाई कुनै असर नगर्ने, करिब ४ वर्षसम्म किफायती रहने विशेषता छ । खर्चिलो बजारीया प्याड नचाहिने भएकाले किशोरीहरुलाई लाभ पुग्ने विश्वास गरिएको छ । करीब ४० हजार रुपैंया बराबरको प्याड वितरण गरिएको गुरुङले बताए ।

वडा अध्यक्ष चन्द्रसुब्बा गुरुङले अष्ट्रेलियाबाट आई गाउँमा जनचेतनामुलक कार्यक्रमसहित स्वास्थ्य सामाग्री प्रदान गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरे । यसले किशोरीहरुलाई ठूलो फाइदा पुग्ने पनि बताए ।

सीडब्लूईका डाइरेक्टर दीपक गुरुङ, डेज फर गर्ल्स लमजुङ ईन्टरप्राइजका अनिता गुरुङ, स्वास्थ्य चौकीका सिनियर आईतकुमारी गुरुङले महिनावारीका बारेमा डेज् फर गर्ल्सको फ्लिप चार्ट प्रस्तुत गरी सचेतना प्रदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ