पोखरामा जुवातास तथा कौडा खेलिरहेका २३ जना ५ लाख बढी नगदसहित पक्राउ

पोखरामा जुवातास तथा कौडा खेलिरहेका २३ जना ५ लाख बढी नगदसहित पक्राउ

Kauda Pakrau

पोखरा। कास्की प्रहरीले अवैध जुवातास तथा कौडा खेल्दै गरेका २३ जनालाई नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका वडा नं -३० शिशुवा निवासी यमुना पराजुलीको घरमा तास खेलिरहेको भन्ने सूचना पश्चात ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीको टोलीले २३ जनालाई नगदसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ५ लाख ३१ हजार ९ सय ५० रुपैयाँ र कौडा १ सेट वरामद गरेको छ।

पक्राउ परेका सबैमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ