पोखरा । युवाहरुमाझ चर्चित रक व्याण्ड अल्बाट्रोसले पोखरामा आफ्नो प्रस्तुती दिने भएको छ।
पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा कात्तिक १२ गते साँझ लाइभ कन्सर्ट हुँदैछ।
मध्यरातसम्म चल्ने कार्यक्रमको टिकट अग्रिम बुकिङका १ हजार, डोरसेलमा १५ सय रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए। उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन सकिने बताए। उनले अग्रम टेबल बुकिङ समेत गर्न सकिने बताए।
‘अल्बाट्रोस निकै चर्चित व्याण्ड हो’ उनले भने, ‘धेरैको चाहाना उनीहरुको प्रस्तुती हेर्ने हुन सक्छ, त्यसै बेलैमा टिकट नलिनेले नपाउन पनि सक्छ।’ प्रस्तुती हेर्न करिब एक हजार जना भन्दा बढि आउने उनले बताए।
अहिले प्याराडिसोको क्षमता बढाएर अझ आक्रषक बनाएको बताए। अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शक रोजाइमा पर्ने गर्दछ।
प्याराडिसोमा जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ। ‘फुड, ड्रिङ तथा म्युजिक’ लाई प्रथामिकता दिए सेवा प्रदान गर्दै आएको पौडेलले बताए। बारमा हरेक दिन फरक÷फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन्।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह