नवलपुर । नवलपरासीको बुलिङटार गाउँपालिकामा बस दुर्घटना पाँच जनाको मृत्यु भएको छ। २४ जना घाइते भएका छन्।
पाल्पाबाट गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको ना ६ ख ७५८० नम्बरको बस बिहान ४ बजे दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेमा रम्भा गाउँपालिका– १ हुँगीका अन्दाजी ४१ वर्षीया तारा विक, अन्दाजी १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीया देवि गाहा र स्याङ्जाको गल्याङ नगरपालिका–९ बेलचौर बस्ने अन्दाजी ४५ वर्षीया फूलमायाँ माझी रहेका छन् ।
घाइते हुनेमा रम्भा गाउँपालिकाका ४ वर्षीय अङ्कित सुनार, १० वर्षीय कृष्ण केवट, १८ वर्षीय प्रविन सुनार, २० वर्षीय राम विक, २१ वर्षीया रीता विक, २५ वर्षीय कासीराम विक, एक वर्षीया आइसा विक, १६ वर्षीय अविनाश विक, १७ वर्षीय विशाल विक, ७ वर्षीया पुष्पा विक, ४७ वर्षीय मेघनाथ विक, स्याङ्जा गल्याङ–९ की २५ वर्षीया दिलमाया राना, ३ वर्षीय रविन राना रहेका छन् ।
यस्तै, ३२ वर्षीया सुमित्रा विक, रम्भा–१ भाले ढुङ्गाका १५ वर्षीया रिमा विक, ३२ वर्षीय सनु सुनार, ३८ वर्षीय प्रेम बहादुर सुनार, २० वर्षीय आशिष सुनार, २० वर्षीय विजय विक, ३६ वर्षीया मायाँ विक, स्याङ्जा गल्याङ–८ का ३५ वर्षीय मनोज कुमार विक, ३० वर्षीया उमा कुमारी विक, गल्याङ–९ का ३० वर्षीया सरीता माझी, ३१ वर्षीय रामु राना, पाल्पा रम्भा–१ का १२ वर्षीया अस्मिता सुनार, ४७ वर्षीय ओमबहादुर विक, ४५ वर्षीया सेती विक र ४८ वर्षीय शिव कुमारी विक रहेका छन् ।
बस चालक रामपुर–३ गण्डकी ढिकका दिलकुमार श्रेष्ठ, सहचालक रामपुर–५ बेझाँडका साजन श्रेष्ठ पनि घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल नारायणघाट पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता पूर्व) ले जनाएको छ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला