कास्की प्रहरीद्वारा राहदानी किर्ते अभियोग मुद्धाका फरार अभियुक्त पक्राउ

कास्की प्रहरीद्वारा राहदानी किर्ते अभियोग मुद्धाका फरार अभियुक्त पक्राउ

nagendra-adhikari

पोखरा। कास्की प्रहरीले राहदानी किर्ते मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

२०७३ सालमा राहदानी किर्ते मुद्धामा फरार रहेका प्रतिवादी अन्नपूर्ण गाउँपालिका वडा नं -२ सेराचौर निवासी ४६ वर्षीय नगेन्द्र राज अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार अधिकारीले भाईको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी नक्कली बैंक खाता लगायतको कागजात तयार गरी साईप्रस गएर लामो समय बसोबास गरी पुन: संयुक्त राज्य अमेरिकाबाट हाल नेपाल आएको खुल्न आएको छ।

पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट राहदानी किर्ते सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता तिवारीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ