चितुवाको आक्रमणबाट तनहूँमा फेरि बालकको ज्यान गयाे

चितुवाको आक्रमणबाट तनहूँमा फेरि बालकको ज्यान गयाे

tanahu chituwa

तनहुँमा चितुवाकाे आक्रमणबाट फेरि अर्का बालकले ज्यान गुमाएका छन् । ब्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ ६.३० बजेको समयमा घर नजिकै बसिरहेका राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो । गत कार्तिक ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भएको थियो ।

तनहुँका डीएसपी युवराज खड्काले घटना भएको सूचना लगत्तै प्रहरी टोली तर्फ परिचालन गरिएको जानकारी दिए । बालकको शवलाई घटनास्थलबाट मुचूल्का उठाएर दमौली लगिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds