पोखरा । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन् । निर्वाचन आचार संहिता उल्लंघन गर्दै आसन्न निर्वाचनका लागि एमालेकाे प्रचारप्रसारमा हिँडेकाे आरोपमा उनलाई बर्खास्त गरिएको बताइन्छ ।
मन्त्री आचार्यलाई हटाई मन्त्रिपरिषदमा समेत फेरबदल गरिएकाे छ । मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्रालय आफैँसँग राखेको प्रदेश प्रमुख कार्यालयमा पठाएको पत्रमा उल्लेख छ। गण्डकीमा अहिले ११ मन्त्रालय रहेका छन् । आचार्य २०७८ जेठ २९ मा बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए ।
अर्थ मन्त्रालय दिने भनेर काँग्रेसले जसपा साथमा लिएर एमाले सरकार ढालेपनि अर्थमन्त्री दिइएन । पछि असार ११ मा उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
आचार्य बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका निवर्तमान सांसद हुन्। २०७४ मा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट तत्कालीन नयाँ शक्तिका आचार्य निर्वाचित भएका थिए।
आचार्य यसपालि पनि सोही प्रदेश सभा क्षेत्रमा उम्मेदवार हुन चाहन्थे। तर माओवादीको चुनाव चिन्ह हँसिया हतौडामा उठ्ने गरी समाजवादीले फणिन्द्र देवकोटालाई टिकट दियो। यसपछि रूष्ट मन्त्री आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
अध्यक्ष बाबुराम भट्टराई लगायतको दवावपछि आचार्यले उम्मेदवारी फिर्ता लिएका थिए। तर उनी सत्ता गठबन्धनका उम्मेदवारका पक्षमा खुलेर नलागेको आरोप लाग्न थाल्यो। मन्त्री आचार्यले गोरखा २ प्रतिनिधि सभामा प्रचण्डविरूद्ध अन्य पार्टीका उम्मेदवारहरूलाई मत मागेको आरोप छ।
गोरखास्थित समाजवादी पार्टी, माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरूले आचार्यले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको र भित्रभित्रै अरू पार्टीलाई सहयोग गरिरहेको ‘सुइँको पाएपछि’ उनलाई मन्त्रीबाट हटाउन दवाव दिएका थिए।
समाजवादी र माओवादी गोरखाका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष भट्टराई र गण्डकीका मुख्यमन्त्री पोखरेललाई सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेका मन्त्री आचार्यलाई बर्खास्त गर्न केही दिनदेखि निरन्तर दवाव दिँदै आएका थिए।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प