तनहुँमा आगो ताप्दा पोलेर ९ वर्षीय बालकको मृत्यु

तनहुँमा आगो ताप्दा पोलेर ९ वर्षीय बालकको मृत्यु

balak

तनहुँ । तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भिमाद नगरपालिका– ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको विभिन्न भागमा पोली घाइते भएका उनलाई घरपरिवारले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगेका थिए।

बालकको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ