नवलपुर अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन

नवलपुर अदालतको फैसलाविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन

Paul-Shah

पोखरा। बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर भएका अभिनेता पल शाहले यसविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।

शुक्रबार नवलपुर जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९–सीएस–०३१२ रहेको छ ।

नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ ।

शाह हाल तनहुँ कारागारमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ